Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत


काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् ।

आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गर्दै उनले मान्छे नै मार्ने र निजी सम्पतीमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताएका छन् ।

उनले भने, ‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि । त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दापनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि । त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो । प्रहरीहरु निरिहजस्तो देखियो । आदेश चाहियो नि । सार्वजनिक सम्पतीमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ ?

सरकारको गम्भिर त्रुटीका कारण धेरै जनधनको क्षति भएको उनको जिकिर छ ।


प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?