Trending
>>   न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह >>   लोकतन्त्रले प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार दिएको छ : दुर्लभ थापा >>   आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् : प्रधानमन्त्री >>   नवौं भक्तपुर औद्योगिक महोत्सव हुँदै >>   वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा >>   शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैनः अध्यक्ष दाहाल >>   प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः मन्त्री खड्का >>   गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान >>   आज मिति २०८१ साल चैत्र १४ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल >>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
Logo
१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्योः सांसद बाँस्कोटा


काठमाडौँ। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरेका छन् । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरु शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरेका छन् ।

सांसद बाँस्कोटाले भने, ‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट शुरु हुन्छ । मन्त्रीज्युको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो । २०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजश्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ? उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नशा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो ।’

अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?