Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन्  ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले  सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरेका छन् । उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरेका छन् । उनले कुलमान हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिएका छन्  । उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए ।

उनले भने , ‘सरकारले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यु । यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद् कुरा हो । यसको म बिरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यतिबेला योग्यतम मान्छेहरुमाध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’

सांसद शर्माले सरकारलाई निर्णय सच्याउन आग्रह समेत गरेका छन्  ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?