Trending
>>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल >>   प्रतिपक्षी दललाई प्रधानमन्त्रीको चेतावनीः धेरै हलुका र उत्ताउलो नहुनु >>   प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग,जवाफ दिनैपरे विभागिय मन्त्रीले दिने: बर्तौला >>   प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’ >>   ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल >>   सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः अध्यक्ष दाहाल >>   ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चीनको सिनफेङले इजिप्टको सुएज नहर आर्थिक क्षेत्रमा १.६५ अर्ब अमेरिकी डलरको औद्योगिक परिसर स्थापना गर्ने >>   कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल >>   सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी
Logo
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै


काठमाडौँ। मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताएका छन् ।

उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए । उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले बताए । उनले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिएका छन् । यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ ।

उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?