Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् ।
बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको बताए ।

उनले भने, ‘मन्त्रालयमा सेटिङ नमिलेको हो नि । उहाँको कार्यसम्पादनमाथि प्रश्न उठाइयो । उहाँकै कार्यकालमा हैन प्राधिकरणले १२ अर्ब रुपैयाँ फाइदा कमाएको ? प्रधानमन्त्री हुनेबित्तिकै ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नतिरे पनि उद्योगको लाइन जोड्नु कसले भनेको ? कुलमानले लाइन काट्ने बित्तिकै हतार हतार जोड भनेको कसले ? सरकारको सेटिङ ट्रंकलाइन र डेडिकेटेड लाइनको पैसा नउठाउनको लागि हो, हेर्दै जानुहोला ।’

घिसिङकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको भएपनि सरकारले कायरतापूर्वक पदमुक्त गरेको उल्लेख गर्दै आफ्नो र आफ्नो पार्टीको लागि यो निर्णय स्वीकार्य नहुने उनको भनाइ छ ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?