Trending
>>   न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह >>   लोकतन्त्रले प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार दिएको छ : दुर्लभ थापा >>   आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस् : प्रधानमन्त्री >>   नवौं भक्तपुर औद्योगिक महोत्सव हुँदै >>   वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा >>   शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैनः अध्यक्ष दाहाल >>   प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछः मन्त्री खड्का >>   गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान >>   आज मिति २०८१ साल चैत्र १४ गते बिहिबार,हेर्नुहोस् आजको राशिफल >>   राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
Logo
१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो


काठमाडौँ। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिएका छन् । उनले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताए ।

समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिए । उनले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिवद्धता व्यक्त भएको भएपनि समितिले पटक पटक निर्देशन दिएको भएपनि हालसम्म संसदम दर्ता नभएको बताएका छन् । उनले संसदको जारी अधिवेशनभित्र विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?