Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो


काठमाडौँ। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिएका छन् । उनले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताए ।

समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिए । उनले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिवद्धता व्यक्त भएको भएपनि समितिले पटक पटक निर्देशन दिएको भएपनि हालसम्म संसदम दर्ता नभएको बताएका छन् । उनले संसदको जारी अधिवेशनभित्र विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?