Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो


काठमाडौँ। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकको दफावार छलफलका आधारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा मस्यौदा प्रतिवेन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिएका छन् । उनले विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने समेत बताए ।

समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गरेको छ । सभापति थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक समेत समितिमा पेस गर्न निर्देशन दिए । उनले ख्वप स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिवद्धता व्यक्त भएको भएपनि समितिले पटक पटक निर्देशन दिएको भएपनि हालसम्म संसदम दर्ता नभएको बताएका छन् । उनले संसदको जारी अधिवेशनभित्र विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?