Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बाहिरबाट परिवर्तन आउने कुरा सम्भव छैनः काँग्रेस


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् । भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताए । फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन् । देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनः स्थापना गर्ने बेला भएको र आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीहरुले दिनदिनै प्रदर्शन गरिरहेका छन् । फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ । उनले नेपाली जनताले निर्णय गरिसकेको बताउदै सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरु उठाएकाले त्यस विषयमा काँग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने बताए ।

उनले भने, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो । निर्णय गरिसकेको छ । नेपाली जनताले निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ । निर्वाचित सांसदहरु आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ । भोलिको दिनमा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ । बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन ।’

उनले काँग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताए ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?