Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बाहिरबाट परिवर्तन आउने कुरा सम्भव छैनः काँग्रेस


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् । भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताए । फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन् । देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनः स्थापना गर्ने बेला भएको र आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीहरुले दिनदिनै प्रदर्शन गरिरहेका छन् । फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ । उनले नेपाली जनताले निर्णय गरिसकेको बताउदै सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरु उठाएकाले त्यस विषयमा काँग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने बताए ।

उनले भने, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो । निर्णय गरिसकेको छ । नेपाली जनताले निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ । निर्वाचित सांसदहरु आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ । भोलिको दिनमा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ । बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन ।’

उनले काँग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताए ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?