Trending
>>   शेरबहादुर देउवाकाे प्रश्ताव-‘पूर्वराजालाई पार्टी सभापति बनाऔँ !’ >>   ज्ञानेन्द्र अब राजा हुन लायक छैनन् : देउवा >>   खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन >>   यसरी हुन्छ नेपाल प्रहरीको तालिम (फाेटाे फिचर) >>   पर्यटन प्रवर्द्धनका लागि कम्बोडियामा नदी महोत्सव >>   नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो >>   जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः उर्जामन्त्री खड्का >>   सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ खनाल >>   घट्याे सुनको भाउ ! >>   आज मिति २०८१ साल चैत्र १० गते आइतबार,हेर्नुहोस् आजको राशिफल
Logo
१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउँछौँः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउने काम भइरहेको बताएका छन्।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधिन रहेका निजामति कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरु छिटो टुंगो लगाउने काममा लागिरहेको बताएका छन् । उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताउंदै सभामुख घिमिरेले संघीय निजामति सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए । संविधानले अधिकार विकेन्द्रिकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको बताउंदै योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु संघीयताको मर्मअनुसार नभएको बताए । संघीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशिल बनाउन जरुरी रहेको बताए । उनले संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

सभामुख घिमिरेले भने, ‘संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बनेको छैन भन्ने गुनासो सुन्दै आएका छौँ । संघीय निजामति सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो हामीले सुनेका छौँ र भोगिरहेका छौँ । संसदमा विचाराधिन निजामतिसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुंग्याउने प्रयासमा हामी लागिरहेका छौँ । त्यसले केही हदसम्म बाटो खोल्ने कुरामा हामी आशावादी छौँ । यसलाई छिटै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्दछु । वित्तीय संघीयताको पक्ष सन्तोषजनक छ ।’

सभामुख घिमिरेले वित्तीय संघीयताको पक्ष सन्तोषजनक रहेको पनि बताए ।


प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?