Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ खनाल


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरुले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताउनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२/०६३ को क्रान्ति भएको बताउनु भयो । उहाँले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरुले वास्ता नगरेको आरोप लगाउनुभयो । नेताहरु दलाल पूँजीपतिहरुको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टीसमेत राखिएका छन् तर कम्युनिष्ट पार्टीको नाम राखेपनि तिनीहरु वास्तवमा दलला पुँजीपति वर्गको दलाली गर्ने बाहेकका अरु कोही पनि छैनन् । त्यो किसिमको दलाली गर्ने कारणले गर्दा कमिसनको एउटा भोटले गर्दा हाम्रो देशका नेताहरु पनि एकपछि अर्को बिक्रीपट्टामा भइरहेका छन । कमिशनखोरहरुले किनिदिन्छ उनीहरुलाई रातारात । जस्ले गर्दा देशमा विकृति र विसंगतिका डङ्गुर लागेको छ । यो डङ्गुर लाग्ने कुराले आज गणतन्त्रसमेत बदनाम हुँदै गइरहेको छ । लोकतन्त्रसमेत बदानाम हुँदै गएको छ । हामीले गणतन्त्र ल्याएको नितान्त दलाल पुँजीपति वर्गको सेवाको निम्ति होइन । दलाल पुँजीपति वर्गले जे जे भन्छ त्यसको निर्देशनमा काम गर्नका लागि होइन । हाम्रो देशका आमश्रमिक वर्गको हित हुनेछ, देशका आमकिसानका हित हुने छ, यो देशको कृषिले आधुनिकीकरणको रुप लिने छ, आधुकि प्रविधिद्वारा भूमिसुधार गरिने छ, देशकै कच्चापदार्थमा आधारित व्यापक उद्योगधन्दा स्थापना गरिने छ र हाम्रो देशको राष्ट्रियतामाथि खडा भइरहेका अनेक वितण्डाका विरुद्ध पनि दृढतापूर्वक राज्यलाई एकताबद्ध गरेर अगाडि बढाउन सक्ने छौ कि भनेर पो २०६२/०६३ को क्रान्ति भएको हो त । र त्यो क्रान्तिमार्फत नेपाली जनताले जुन सपना देखेका थिए, त्यो सपनालाई वास्तवमा भन्ने हो भने संविधान निर्माण भएपछि सत्तामा पुगेका सत्ताधारीहरुले कहिल्यै पनि वास्ता गरेनन्, त्यो वास्ता नगर्नुको परिणाम हामीले अहिले भोगिरहेका छौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राज्यसत्तामा हुनेहरुको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरु सल्बलाउने मौका पाएको बताउनुभयो । उहाँले सबै किसिमका प्रतिगमनकारीहरुलाई परास्त गरी देशलाई आमुल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?