Trending
>>   आगामी आ.व.मा भौतिक मन्त्रालयको बजेट सिलिङ ११ अर्बले घटाइएको छः मन्त्री दाहाल >>   सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन >>   हत्या गरेको अभियोगमा दुई जना पक्राउ >>   कार्यभार सम्हाल्दै हितेन्द्रदेवले भने:लोडसेडिङको कुरा हल्ला मात्रै हो >>   अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्योः सांसद बाँस्कोटा >>   कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा >>   मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित) >>   बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै >>   शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई >>   दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो
Logo
१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको वर्चश्व झनै बढ्यो


काठमाडाैं । नेपाली बजारमा चिनियाँ सवारीसाधनहरुको वर्चश्व देखिएको छ । पछिल्लो समय चार पाङ्ग्रे विद्युतीय गाडीमा सर्वसाधरणको आकर्षण उच्च बन्दा सवारी साधनहरु नेपाल आउने क्रम बढेको हो । भन्सार विभागको फागुनसम्मको तथ्यांकअनुसार ७ हजार ८९ विद्युतीय गाडी नेपालमा भित्रिएका छन् । जसमध्ये चीनबाट ५ हजार २७८ विद्युतीय गाडी भित्रिएका छन् । भारतबाट १७ सय ७५ मात्रै भित्रिएका छन् । नेपालमा आयात हुने विद्युतीय गाडीमा चिनियाँ ब्राण्डको हिस्सा ८० प्रतिशत हाराहारी देखिन्छ । खासगरी विक्रेताहरुले बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्राण्डहरूसँगै भारतबाट टाटा, हुण्डाइ, महिन्द्रा, कियालगायतका ब्राण्डलाई नेपालमा ल्याएर विक्री गरिरहेका छन् । विक्रेताहरुकाअनुसार भारतीय ब्राण्डको सूचिमा टाटा मोटर्स पनि सामेल छ । जसले हाल पन्च ईभी र टियागो ईभीमार्फत राम्रो कारोबार गरिरहेको छ ।

त्यसो त, भारत पनि विद्युतीय गाडीहरु उत्पादनमा जोडतोडले लागेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै ‘सवारी साधनको विश्वव्यापी प्रदर्शनी’ को दोस्रो संस्करणको उद्घाटन गर्दै विद्युतीय सवारीसाधनलाई जोड दिएर १०० भन्दा बढी नयाँ सवारी साधन, कम्पोनेन्ट र प्रविधिको प्रस्ताव राखिने बताएका थिए । सवारीसाधन निर्मातासँगै कम्पोनेन्ट, इलेक्ट्रोनिक उपकरण, टायर र ऊर्जा भण्डारण उत्पादकका साथै सवारी साधन सफ्टवेयर कम्पनीका उत्पादनहरूलाई समेत बढाउने उसको नीति छ ।

तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७८÷०७९ को बजेट प्रश्तुत गर्दै विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन नीतिअनुरुप विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० ब्राण्डलाई नेपाल ल्याउन प्रोत्साहित गर्ने घोषणा गर्नुभएको थियो । पौडेल नै अहिले अर्थमन्त्री हुनुहुन्छ । अहिले पनि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सालसम्म विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजनालाई कार्यान्वयन गर्ने सरकारको लक्ष्य राखेको छ ।भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले तातोपानी र रसुवागडीबाट विद्युतीय गाडीहरुको आयात उच्च गतिमा बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘बजारमा विद्युतीय गाडीहरुको डिमाण्ड उच्च छ, माग अनुसार व्यापरीहरुले पनि चीनियाँ गाडीहरु ल्याइरहेका छन्, जसकारण हाम्रो रेभिन्यूमा समेत राम्रै प्रभाव परिरहेको छ ।’ उहाँका अनुसार भन्सार जाँचपासका लागि समयमै व्यापारीले प्रक्रिया अघि नबढाउँदा ¥याडमा गाडी थ्रुपिएर बस्ने गरेका छन् । भन्सार गर्नका लागि ठूलो रकम लाग्ने भएकाले पनि व्यापारीहरुले जाँचपासका लागि ढिला प्रक्रिया अघि बढाएको हुन सक्ने उहाँले बताउनु भयो । प्रक्रिया अघि बढाएको केही घण्टामै जाँचपास गरिने गरिएको रेग्मीको भनाई रहेको छ ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?