Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः उर्जामन्त्री खड्का


काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताउनु भयो । उहाँले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनिकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताउनु भयो । उहाँले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउनु भयो । मन्त्री खड्काले पछिल्ला वर्षहरुमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताउनु भयो । जलवायु परिवर्तनका जोखिमहरु ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘नेपालमा धेरैजसो जलविद्युत परियोजनाहरु, सिंचाई आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको श्रोत मुख्य आधार हिमनदीहरु हुन् । यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका साथै हिमनदीहरुको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढिकरण र जोखिम न्युनिकरणका उपायहरु अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ । नेपालका हिमनदीहरु जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरुले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरु पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरु उच्च छन् । हाम्रा हिमनदीहरु क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ । हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी शुरु गरेनौँ भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्छ ।’

मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । हिमनदीहरुको संरक्षण र जलवायु परिवर्तनहरुको असर न्युनिकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको बताउनु भयो ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?