Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन् ।

ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो । अमेरिकी र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ । जसले युक्रेनमा पूर्ण युद्धविरामको बाटोमा छलफल गर्नेछन् । ट्रम्प र जेलेन्स्कीले कुस्र्कको अवस्थाको बारेमा छलफल गर्नुभएको थियो । युद्धक्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा कर्मचारीहरू बीच नजिकबाट जानकारी साझा गर्न सहमत भएको बताइएको छ ।

फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइल प्रणालीहरूको लागि अनुरोध गरेका छन् ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?