Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन् ।

ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो । अमेरिकी र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ । जसले युक्रेनमा पूर्ण युद्धविरामको बाटोमा छलफल गर्नेछन् । ट्रम्प र जेलेन्स्कीले कुस्र्कको अवस्थाको बारेमा छलफल गर्नुभएको थियो । युद्धक्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा कर्मचारीहरू बीच नजिकबाट जानकारी साझा गर्न सहमत भएको बताइएको छ ।

फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइल प्रणालीहरूको लागि अनुरोध गरेका छन् ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?