Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राजा फर्किने सम्झौता भए ओली प्रधानमन्त्रीमा निरन्तर !


काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु राजसंस्था फर्काउनको लागि सडकमा उत्रिन लागेको स्पष्ट पारे । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा स्वागतमा जनलहर देखिएको भन्दै शाहको प्रतिष्ठा बढेको दाबी गरे ।

तर, नेताहरु फुटबल प्रतियोगितामा जाँदापनि नाराबाजी लाग्ने गरेको र उनीहरुलाई दुत्कार्ने काम भएको भन्दै नेताहरुभन्दा राजाको प्रतिष्ठा बढेको सुवेदीको दाबी छ । नेपालमा राजसंस्था भैराखेको भए अहिलेको जस्तो देशको दुदर्शा नहुने उनको दाबी छ ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?