Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !


काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए।

यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका नेताहरूले चितवन इन्जिनियरिङ क्याम्पसमा आफ्नो संगठनको प्यानलै निर्वाचित भएको दाबी गर्न थाले।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन इन्जिनियरिङ क्याम्पस रामपुरको स्ववियु अध्यक्षमा क्रान्तिकारीका प्रज्वल अधिकारी विजयी भएको भन्दै बधाई दिएकी थिइन्। साँझतिर त अधिकारीसहितको निर्वाचित टिमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग खिचाएको फोटो नै सामाजिक सञ्जालहरूमा पोष्ट हुन थाले।

त्यतिखरसम्म नेपाली कांग्रेसका नेताहरूले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई दिइरहेका थिए। कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेता सूर्यकान्त घिमिरे लगायतले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी भएको भनेर बधाई दिएका थिए।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?