Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !


काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए।

यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका नेताहरूले चितवन इन्जिनियरिङ क्याम्पसमा आफ्नो संगठनको प्यानलै निर्वाचित भएको दाबी गर्न थाले।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन इन्जिनियरिङ क्याम्पस रामपुरको स्ववियु अध्यक्षमा क्रान्तिकारीका प्रज्वल अधिकारी विजयी भएको भन्दै बधाई दिएकी थिइन्। साँझतिर त अधिकारीसहितको निर्वाचित टिमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग खिचाएको फोटो नै सामाजिक सञ्जालहरूमा पोष्ट हुन थाले।

त्यतिखरसम्म नेपाली कांग्रेसका नेताहरूले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई दिइरहेका थिए। कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेता सूर्यकान्त घिमिरे लगायतले नेविसंघको समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी भएको भनेर बधाई दिएका थिए।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?