Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा राखेका घिमिरेले माफी मागे


काठमाडौँ। प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका नेपाली काग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माफी मागेका हुन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताएका थिए । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो । उनले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताए।

उनले भने, ‘चैत ३ गते सभाको विषेश समयमा राखेको धारणहरु मेरा व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित सदनका सदस्यहरु र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उहाँको सम्मान गर्दै क्षमा याचना गर्दछु । ’

आफ्नो विचारले सदनका सदस्यहरु र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गरेका हुन् ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?