Trending
>>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा राखेका घिमिरेले माफी मागे


काठमाडौँ। प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका नेपाली काग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माफी मागेका हुन् । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताएका थिए । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो । उनले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताए।

उनले भने, ‘चैत ३ गते सभाको विषेश समयमा राखेको धारणहरु मेरा व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित सदनका सदस्यहरु र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उहाँको सम्मान गर्दै क्षमा याचना गर्दछु । ’

आफ्नो विचारले सदनका सदस्यहरु र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गरेका हुन् ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?