Trending
>>   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन >>   वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन >>   जलवायु अनुकुलनका कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने >>   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन >>   भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत >>   उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड >>   मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न ४२ करोड रुपैयाँ विनियोजन >>   खानीजन्य वस्तुको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न माइनिङ क्षेत्रका विज्ञहरुको सहभगितामा अन्तर्राष्ट्रिय सम्मेलन… >>   विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएवापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने >>   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

आज मिति २०८१ साल चैत्र ०६ गते बुधबार,हेर्नुहोस् आजको राशिफल


आज मिति २०८१ साल चैत्र ०६ गते बुधबार ( Mar 19, 2025) चैत्र कृष्णपक्ष पञ्चमी २१:२४ बजेसम्म, त्यसपछी षष्ठी

मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ ।

वृष – सानातिना घरेलु समस्याहरुले सताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् ।

मिथुन – साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यवसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ ।

कर्कट – बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेको छ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेको छ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

सिंह – पढाइ लेखाइमा सुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजबुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ ।

कन्या – बिहानको समय राम्रो रहेकोले माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । छोटो दुरीको व्यावसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ ।

तुला – बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपाईं आफ्नै पक्षमा पार्न सक्नुहुनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ, ध्यान दिनुहोला ।

वृश्चिक – व्यापार व्यावसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु-राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन् ।

मकर – बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । मायाप्रेमको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ ।

कुम्भ – आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन – काम गरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैंतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिनेछ ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?