Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

विश्व


मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

२ चैत्र, एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।

भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु

२ चैत्र, एजेन्सी। भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको स्थानीय अस्पतालबाट प्राप्त सूचनामा उल्लेख छ । “दुवै बिरामीमा

म्यान्मारको एक गुम्बामा भएको झडपमा २९ जनाको मृत्यु

२ चैत्र, एजेन्सी। म्यान्मारको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको म्यान्मार नाउले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् । आइतबार अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्,

विवादमा अष्ट्रेलियाको पनडुब्बी सम्झाैताः ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी

१ चैत, एजेन्सी। अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी भन्नुभएको छ । सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने र त्यसले घातक परिणाम

जापानका युट्युबर सांसद निष्काशित

१ चैत, एजेन्सी। जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको

काबुलमा हतियारको भण्डार फेला

१ चैत, एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट प्रहरीले तीन मेसिनगन, १२ थान कलाश्निकोभ, एक रकेट लगायतका विभिन्न हातहतियार बरामद गरेको छ । प्रोपेल्ड ग्रेनेड,

आत्मघाती कार बम विस्फोटमा दक्षिणी सोमालियामा चारजना सैनिकको मृत्यु

१ चैत, एजेन्सी। दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन् । बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन् ।

उत्तर कोरिया फेरी परीक्षण गर्यो दुई वटा मिसाइल

१ चैत, एजेन्सी। उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको बढ्दो सैन्य र

युक्रेनको जीडीपी सन् २०२२ मा २९.२ प्रतिशतले घट्यो

१ चैत, एजेन्सी। युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ । सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मङ्गलबार सो बारे उल्लेख गरेको छ । आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात

चीनले हटायो विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध

३० फागु, एजेन्सी। चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

सम्वन्धित समाचारहरु