Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

विवादमा अष्ट्रेलियाको पनडुब्बी सम्झाैताः ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी


१ चैत, एजेन्सी। अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी भन्नुभएको छ । सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने र त्यसले घातक परिणाम निम्त्याउन सक्ने बताएका छन् ।

सन् १९९१ मा लेबर पार्टीबाट प्रधानमन्त्री बनेका उनले बिना सोचविचार अष्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतको अनुशरण गरेको उल्लेख गर्दै चीनबाट कुनै किसिमको सैन्य जोखिम नभएको टिप्पणी गरेका छन् ।

आज एक विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री किटिङले विदेशीको उक्साहटमा गरिएको सम्झौताले जोखिम निम्त्याउने भन्दै ‘चीनले सिड्नी र मेलबर्नलाई सैन्य परिचालन गरेर कब्जा गर्न खोज्दा के हुन्छ?’ प्रश्न गरेका छन् । अमेरिका र बेलायत अष्ट्रेलियालाई सहयोग गर्न नआउने आशय उहाँले वक्तव्यमा व्यक्त गरेका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त सम्झौतालाई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य स्तरवृद्धि भएको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसबाट एशिया–प्रशान्त क्षेत्रको स्वतन्त्रता र खुलापन सुनिश्चित गर्ने बताएका छन् ।

क्यालिफोर्नियाको सान डिएगोमा गत सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकका साथ सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले सम्झौताका कारण आणविक अप्रसारमुक्त हुने अष्ट्रेलियाको प्रतिबद्धतामा कुनै प्रभाव नपर्ने बताएका थिए ।

एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गत सोमबार परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका थिए । सोमबार सार्वजनिक गरिएको सम्झौताअनुसार अष्ट्रेलियाले बेलायत र अमेरिकी प्रविधिमा आधारित पाँच वटा परमाणुशक्तियुक्त पनडुब्बी खरिद गर्नेछ । अब अष्ट्रेलियाले कम्तीमा तीन वटा पनडुब्बी अमेरिकाबाट र दुई वटा बेलायतबाट खरिद गर्नेछ । अष्ट्रेलिया, अमेरिका र बेलायतबीच १८ महिनाको लामो वार्ताको परिणामस्वरुप उक्त सम्झौता भएको हो ।

चीनले उक्त सम्झौतालाई गम्भीर त्रुटी एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भन्दै त्यसको विरोध गरेको छ । आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तरराष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका बेइजिङले बताएको छ । सम्झौताले हतियारको होडबाजी बढाएको तथा त्यो परमाणु अप्रसार सन्धि विपरीत भएको चीनको कथन छ ।

बेलायतपछि आणविक शक्तिले सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने दोस्रो देश अब अष्ट्रेलिया बन्नेछ । पनडुब्बी प्राप्त भएपछि शत्रुहरूलाई लामो दूरीमा पनि अष्ट्रेलियाले प्रहार गर्न सक्नेछ । अष्ट्रेलियाली जलसेनाका नाविक अमेरिका र बेलायतका पनडुब्बी आधारमा तिनको सञ्चालन एवम् प्रयोगबारे प्रशिक्षण लिन जानेछन् । सन् २०२७ मा अष्ट्रेलियाको पर्थमा केही अमेरिकी एवम् बेलायती पनडुब्बी तैनाथ गरिनेछ ।

पनडुब्बीको आफ्नै ‘फ्लिट’ निर्माण गर्न अष्ट्रेलियालाई तीस वर्ष लाग्नेछ । सम्झौतासँग चीनसँगको अष्ट्रेलियाको सम्बन्ध सुमधुर नहुने तथा दुवै देश द्वन्द्वको नयाँ चरणमा प्रवश गर्ने विश्लेषकहरूले बताएका छन् ।


प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?