११ ,श्रावण ,ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गए रातीदेखि अवरुद्ध भएको
११ ,श्रावण ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ । नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिराले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो ।
९ ,श्रावण ,मनाङ । हिमालपारिको जिल्ला मनाङमा शुक्रबारदेखि सुरु भएको यार्तुङ (घोडेजात्रा) पर्व सकिएको छ । यहाँको परम्परागत यार्तुङ पर्व चार दिनपछि सकिएको हो । हरेक वर्ष यसै समय मनाङवासीले हर्षाेल्लासका साथ यार्तुङ पर्व मनाउने गर्छन् । यस पर्वमा मनाङवासीले घोडा कुदाएर मनोरञ्जन लिने दिने गर्छन् । समग्रमा सद्भाव कायम
९ श्रावण, बागलुङ । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेको स्थानको होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर
९ श्रावण, पोखरा । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ । पोखरा
९ श्रावण, बागलुङ । गलकोट । बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरु यतिबेला जोखिम मोलेर सो
९ श्रावण, बागलुङ । गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना
९ श्रावण, बागलुङ । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल
९ श्रावण, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । “भवनको गारो र
९ श्रावण, तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने