मकवानपुर। बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताए
काठमाडौँ । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।
काठमाडौँ । ‘सिधा कुरा डट कम’का प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतविरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि अदालतले विपक्षीको बयान लिएको थियो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो । “सञ्चार तथा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बजारमा माग भएका जनशक्ति उत्पादन गर्न सिपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मंगलबार शिष्टाचार भेटका लागि आउनु भएका स्वीस एजेन्सी फर डिभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) का दक्षिण एशिया क्षेत्रका प्रमुख सबिन रोसेन्थेलर, नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डेनिल मेउलीसहितको प्रतिनिधि मण्डलसँग छलफलका क्रममा
काठमाडाैं । जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिवादीहरू डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष १४ असोजमा विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पशुपतिको जलहरी निर्माण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो । प्रवक्ता नविन मानन्धरले भन्नुभयो, वेलुकाको समय भने परिवर्तन भएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।
बागमती। बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।
भक्तपुर। मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ । जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले
काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका