Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने


काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि असार १९ र २० गते राति १० बजेदेखि बिहान ३ बजेसम्म अति आवश्यक सवारी साधन एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका लागि यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।

यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौँ आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के-सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

सूचना :


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?