Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने


काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि असार १९ र २० गते राति १० बजेदेखि बिहान ३ बजेसम्म अति आवश्यक सवारी साधन एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेकका लागि यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।

यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौँ आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के-सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

सूचना :


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?