काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल कांग्रेस भएपनि सरकारले जनपक्षिय
काठमाडाैं । आज नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै राजावादीहरूकाे र्याली निकालेका छन् । र्याली राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाइकाे नेतृत्वमा भइरहेकाे छ । उपत्यकाब्यापी भ्रष्टाचार विरुद्धको खबरदारी र्याली नाम दिइएकाे छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली
मनहरी,मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् । उक्त प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ
पोखरा। बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् । त्यस्तै, लामाचौर र
मकवानपुर। प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । उक्त आन्दोलित किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा सोमबार तालाबन्दी गरेका छन् । त्यस्तै, कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका
काठमाडौं। सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् । शनिवार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी, सदस्य
काठमाडौं। काठमाडौं महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । त्यस्तै, धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौं महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो। उक्त महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ
काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३