Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

वागमती


बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

१२ असार ,चितवन । सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय

किसानलाई अनुदानमा भैँसी वितरण

१२ असार ,भरतपुर । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास

प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा गौतम र सचिवमा अधिकारी निर्वाचित

११ असार ,काठमाडौँ । प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् । आज काठमाडौंको लैनचौरमा भएको निर्वाचनमा काठमाडौं शाखाको प्रेस युनियन अध्यक्षमा महेश्वर गौतम विजयी भएका हुन् ।त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् । अध्यक्षमा दिलिप प्रकाश कार्की, र महेश्वर गौतमले उम्मेदवारी

पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह

११ असार ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै

नारायणगढ– बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो !

११ असार, चितवन । चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ । यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका

लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

११ असार ,काठमाडौँ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । सो

महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन

११ असार ,काठमाडौँ । नेपालमा लैङ्गिक हिंसा पीडित/प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी

ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ

१० असार ,काठमाडौँ । प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी

आगामी आवदेखि कामपाको सबै सेवा अनलाइन प्रणालीमार्फत

१० असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकले आगामाी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजना गरेको आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराए । ‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका

तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

१० असार ,पाटन । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो । आगामी आर्थिक वर्षका लागि रु

सम्वन्धित समाचारहरु