७ भदाै, राैतहट । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका
७ भदाै, सिरहा । सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत्् प्राधिकरणको सवस्टेसन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ । नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौँको ढिलासुस्तीले सवस्टेसन
७ भदाै, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५
७ ,भाद्र ,लहान । सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव रु दश हजार घुस रकमसहित हिजो दिउँसो पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त घुस रकमसहित कार्यकक्षबाटै पक्राउ गरेको हो । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले छापा
७ ,भाद्र ,बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
७ ,भाद्र ,बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी
५ भदाै, जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् । धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२
४ भदाै, वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका लागि आवेदन दिन विश्वविद्यालयले सूचना जारी गरेको छ । पहिलो वर्षमै पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयमा कानुन सङ्कायतर्फ वीए एलएलबी र जनप्रशासन सङ्कायमा
४ भदाै, बारा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ । जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपियाँ
४ भदाै, वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर