१७ चैत ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नवगठित मन्त्रिपरिषद्
१७ चैत्र, काठमाडाैँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलमार्फत उनीहरूले सपथ लिएका हुन् । पहिले उपप्रधान तथा रक्षा मन्त्री खड्काले शपथ लिएपछि अन्य मन्त्रीहरुले पनि राष्ट्रपतिबाट शपथ लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रीमण्डल बिस्तार गरेका छन्
१७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीहरूको नाम लिस्ट राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेका हुन् । उनले गरेको सिफारिसपत्रमा नेपाली कांग्रेसका ४, एकीकृत समाजवादीका २, जसपाका १, लोसपाका १ र नेपाल समाजवादी पार्टीका एक जनाको
१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब
१७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले मन्त्री बन्ने ४ जनाको नाम टुंगो लगाएको छ । ८ मन्त्रालय पाउने निश्चित भएको कांग्रेसले अरू ४ जनाको नाम भने अझै फाइनल गर्न नसकेको बताइएको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बन्ने फाइनल भएकाहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ रहेका
१७ चैत, काठमाडाैँ । सामाजिक सञ्जालबाट चिनिएका पुण्य गाैतमले चितवन २ बाट उपचुनाव लड्न टिकट माग गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर टिकट दिन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा फोटो राख्दै ओलीसँग भेटेको र चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रको उपनिर्वाचनबारे सार्थक र प्रभावकारी
१७ चैत्र, काठमाडाैँ । खानेपानी मन्त्री अब्दुल खानले राजिनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दिएको जानकारी अनुसार जनमत पार्टीले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खान मन्त्रिमण्डलबाट बाहिरिएका हुन् ।
१७ चैत्र, म्याग्दी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएकी छन् । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया,
१७ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन्। शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका छन्। प्रधानमन्त्रीले भने, "बेथितिहरू
१७ चैत्र, कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन्। पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आएका उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन्। उनले भने,’अहिले एमाले सत्तामा जानकै