Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । त्यस्तै, खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उनीहरुबीचमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुख समेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत उनको निवास डल्लु पुगेका थिए ।

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक: मन्त्री ज्वाला

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्वालाले अपाङ्गता भएका वर्गले आत्मनिर्भर

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन,ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताएका छन्

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् । यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन् । उनको नेतृत्वमा बिहीबारदेखि

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज नियमित सञ्चालन गर्न माग

बुटवल। लुम्बिनीका पर्यटन व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तराष्ट्रिय उडान नियमित सञ्चालन गर्नुपर्ने माग गरेका छन् । नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले आइतबार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई काठमाडौंस्थित कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको छ । उक्त

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् भने शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फर्किने छन् ।

अर्थले प्राधिकरणलाई भन्यो : सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

काठमाडौं। अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल उपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो । त्यस्तै, सरकारी कार्यालयमध्ये सबैभन्दा बढी

मुख्यमन्त्री कार्कीले दिए मन्त्रीहरूलाई जिम्मेवारी

काठमाडौं। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी सुरु गरेको छ । सोका लागि आयोगले यही मङ्सिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र पुस २३ गते

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने

वालिङ,स्याङ्जा। स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर

सम्वन्धित समाचारहरु