Trending
>>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

समाचार


प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

१२ चैत्र ,काठमाडौँ । प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राखेको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

१२ चैत्र ,काठमाडौँ । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत

खाली गरियो ट्राफिक प्रहरीको पार्किङ

१२ चैत्र ,विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गराएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो । ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा

कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा

१२ चैत्र ,जुम्ला । जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ । यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ । जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का

दोस्रो सिकार याम : ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

१२ चैत्र ,ढोरपाटन । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ । यस वर्षको दोस्रो याम (फागुन–वैशाख) का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको

पृथ्वी राजमार्ग बन्द हुने समय थपियो

१२ चैत्र ,डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत

एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र

१२ चैत्र ,काठमाडौँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण

१२ चैत्र, काठमाडाैँ । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण देशको हवाई सुरक्षा सुदृढीकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायु सेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइँलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता- आईजिपी कुँवर

१२ चैत्र, काठमाडौं ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताएका हुन्

मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन मन्त्रालयको निर्देशन

१२ चैत्र, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका

सम्वन्धित समाचारहरु