Trending
>>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट >>   बढ्यो सुनको मूल्य,आज कतिमा भईरहेकोछ कारोबार ? >>   पाकिस्तान र अमेरिकाद्वारा आतंकवाद विरोधी संयुक्त प्रतिवद्धता >>   चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण >>   दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी >>   बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए >>   प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची >>   देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २९ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

समाचार


रोजगारीका लागि भारत गएका नेपाली युवकको रेलको ठक्करबाट मृत्यु

३० चैत्र, गुजरात । भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक हप्ताअघि मात्रै भारतको गुजरात पुगेका प्रकाशमंगल बिकको मंलबार रेलको ठक्करबाट मृत्यु भएको हो । नेपालको पश्मिची क्षेत्रबाट रोजगारीका लागि गुजरात पुगेका उनी मोबाइलमा रेलको भिडियो खिच्न लागेका थिए । सोही समयमा उनलाई रेलले ठक्कर दिएको

वर्ष २०७९ : निर्वाचनको वर्ष

३० चैत्र, काठमाडाैँ । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन तयारी भइरहेको छ । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट आरम्भ भएको चुनावीयात्रा

वर्षको अन्तिम दिन घट्यो शेयर बजार

३० चैत्र, काठमाडाैँ । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार

म्याग्दीमा बसाइँ सराइको कारण बन्दै जलविद्युत आयोजना

३० चैत्र, म्याग्दी । विसं २०४४ अघि सुनसान र गुमनाम थियो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँ । विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत आयोजना निर्माण भयो । त्यसयता हालसम्म यहाँ साना र ठूला गरी नौ जलविद्युत अयोजना सञ्चालनका लागि निर्माण कार्य सुरु भएकाले यहाँको स्वरूप

बाजुराका बालकमा कालाजार भेटियो

३० चैत्र, बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३, बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङमा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा

देशभर १०६ जनामा कोरोना संक्रमण

३० चैत्र, काठमाडाैँ । देशभर १०६ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा १४८८ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ६४ तथा एन्टिजेन विधिबाट ४२ जनामा संक्रमण पुष्टि भएको

सडकका ८५ प्रतिशत बालकमाथि यौन हिंसा

३० चैत्र, काठमाडाैँ । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा

उपचार गर्न अस्पताल गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला

३० चैत्र, कैलाली । धनगढीमा एक वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला परेको छ । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल भेटिएको हो । अस्पतालले दिएको जानकारी अनुसार उपचार  गर्न पुगेका फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा बोतल देखिएको हो

महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

३० चैत्र, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन ।

वर्ष २०७९ : पर्यटन सुधारको वर्ष

३० चैत्र, काठमाडौं । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल

सम्वन्धित समाचारहरु