Trending
>>   वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए >>   १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आज मिति २०८२ साल साउन १८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   ५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू >>   अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो >>   सेकुवा कर्नरमा एक किशोरीको हत्या >>   पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत >>   अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु >>   शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै >>   थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो
Logo
१८ श्रावण २०८२, आईतवार
१८ श्रावण २०८२, आईतवार

समाचार


१० दिनदेखि हराएको हेलिकप्टरका यात्रीको शव भेटियो

३ वैशाख, एजेन्सी । दशदिनअघि ओकिनावाको दक्षिणी प्रान्तबाट हराइरहेको हेलिकप्टरको भग्नावशेषका साथै त्यसमा सवार पाँच जनाको शव आज फेला परेको छ । गत चैत २३ गते जापानी ग्राउण्ड सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर ओकिनावाको मियाकोजिमा टापुबाट उडेको केही क्षणपछि सम्पर्कबिहीन भएको थियो । गोताखोरहरूले समुद्रमा गरेको लगातार खोजीपछि आज हेलिकप्टरको भग्नावशेषसहित पाँच

मुगुमा पहिलो पटक अदालती विवाह

३ वैशाख, मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज

सामाजिक सञ्जालमा क्लिप पोस्ट हुन थालेपछि ‘जारी’ टिमले दियो उजुरी

३ वैशाख, काठमाडाैँ । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । “सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक

एकीकृत समाजवादीकी नन्दा चपाईंले लिइन् भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ

३ वैशाख, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी की राष्ट्रिय सभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उनलाई सपथ ग्रहण गराएका छन् । भाैतिक पूर्वाधार मन्त्री भने एकीकृत समाजवादीका प्रकाश ज्वाला नियुक्त भइसकेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले लिए पद तथा गोपनीयताको सपथ

३ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति समक्ष नव नियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । साउद कञ्चनपुर

मिटरब्याज पीडितको जग्गा लिलामी रोकेर सरकारले इमान्दारिता देखाउनु पर्छः प्रदीप पाैडेल

३ वैशाख, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने र पीडितको पक्षमा सरकारले इमानदारिता देखाउनुपर्ने बताएका छन् । मिटरब्याज पीडितको धर्नास्थल शान्तिबाटिका पुगेर पौडेलले मिटरब्याज जघन्य शोषण भएकाले यसलाई अन्त्य गर्न आफू पूर्ण रुपले प्रतिबद्ध रहेको बताए । "सरकारले पहिला असोज १

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

३ वैशाख, सिन्धुपाल्चोक । विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ

दार्चुलाका विद्यालयमा समयमै पुगे पाठ्यपुस्तक

३ वैशाख, दार्चुला । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् । धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

३ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो

सिक्किमबाट नेपाल घुम्न आएका युवकको भीरबाट लडेर मृत्यु

३ वैशाख, पाँचथर । छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका -१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उहाँ शनिबार राति साढे ८ बजे

सम्वन्धित समाचारहरु