Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

वीरगञ्ज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना

‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’

काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलाले दिगो र जिम्मेवार पर्यटनले मात्र देश विकासमा सहयोग पुग्न सक्ने बताएका छन् । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड एसोसिएसनको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दिगो र जिम्मेवार पर्यटन आजको आवश्यकता भएको बताएका हुन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

छन्दु (चीन)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

चितवन । दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो । सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे ।

पितृ पक्ष सुरु

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल

स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाऔँ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकसित मुलुकहरूमा जस्तै पछिल्लो समय नेपाललगायतका विकासोन्मुख देशमा पनि मुटु रोगको प्रकोप बढ्दै गएको बताएका छन् । ‘हर्ट टू हर्ट सेन्टर’ विश्व मुटु दिवस, २०८० को अवसरमा यहाँ हिजो आयोजित जनचेतना तथा सम्मान कार्यक्रममा उनले हामी सबैले स्वस्थ मुटुका लागि शारीरिक क्रियाकलाप बढाउँदै स्वास्थ्यप्रति

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गरेका छन् । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन भने ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण

गीति नाटक लिएर फिल्मको प्रचारमा

गण्डकी । पर्देशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार

सम्वन्धित समाचारहरु