Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

सम्झौता भएको डेढ वर्षपछि परसपुर–गौघाट सडक निर्माण सुरु


जानकी, बाँके । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो । ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारदेखि परसपुर–गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दसैँपछि माटो पटान काम गर्ने बताए ।

अध्यक्ष ओलीले भने, “ठेक्का भएर पनि समयमै काम सुरु हुनसकेन । यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौंँ । शुक्रबारबाट काम सुरु भएको छ ।” करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति रु १३ करोड ४३ लाखमा जिम्मेवारी पाएको थियो । कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । उक्त सडकलाई बर्दियाको कन्ठपुरहुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?