Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

सम्झौता भएको डेढ वर्षपछि परसपुर–गौघाट सडक निर्माण सुरु


जानकी, बाँके । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो । ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारदेखि परसपुर–गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दसैँपछि माटो पटान काम गर्ने बताए ।

अध्यक्ष ओलीले भने, “ठेक्का भएर पनि समयमै काम सुरु हुनसकेन । यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौंँ । शुक्रबारबाट काम सुरु भएको छ ।” करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति रु १३ करोड ४३ लाखमा जिम्मेवारी पाएको थियो । कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । उक्त सडकलाई बर्दियाको कन्ठपुरहुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।


प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?