काठमाडौँ । इजिप्टले सबै सिरियाली पक्षहरूलाई एक व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न आह्वान गरेका छन् । जुन सहमति र आन्तरिक शान्तिको नयाँ युगको लागि जग हुने इजिप्टको विश्वास छ । इजिप्टको विदेश मन्त्रालयले सबै सिरियाली पक्षहरूलाई देशको सम्पती र राज्य संस्थाहरूको संरक्षण गर्न आह्वान गरेका छन् । साथै
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाएका छन् । बसर अल–असदले सिरिया छोडेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको लागि आह्वान गर्दै देशको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । बाइडेनले आफ्नो प्रशासनले जोर्डन,
काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो
काठमाडौँ । लगातार चिसो सिरेटो लागेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान बिलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी
काठमाडौँ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा र्याली भएको छ । काठमाडौंको माईतीघर, रत्नपार्क लगायतका स्थानमा मानवअधिकारवादीहरुले र्याली गरेका हुन् । ¥यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारासहित यस वर्षको ७६ औं अन्तर्राष्ट्रिय
काठमाडौँ । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताएका छन् । मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताए । उनले मंगलादेवी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताए । उनले
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताएका छन् । सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो
काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन्। अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको