Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला। बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिएका छन् ।

वडाद्वारा विपन्न मजदुरको बिमा

जानकी,बाँके। नेपालगन्ज उपमहानगरपालिका-१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो । त्यस्तै, म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताएका छन् । उनले

हत्कडीसहित भागेका थुनुवालाई सघाउने तीन जनाविरुद्ध मुद्दा

काठमाडौं। जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । त्यसैगरी, अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो

वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन: उपकुलपति बस्नेत

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताउँदै

अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले ११औँ एनसिएएसए अन्तरफर्म टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। सो प्रतियोगिता यही माघ २२ देखि २९ गतेसम्म पुल्चोक ग्राउन्डमा हुनेछ । उक्त प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने कार्यक्रम संयोजक उत्सव देवकोटाले जानकारी दिएका छन् । क्यान, आइसिएआइ, एसिसिएका सदस्य साथै विद्यार्थीले

राष्ट्र बैंकले गर्‍यो छ वित्तीय संस्थालाई कारबाही

काठमाडौं। नेपाल राष्ट्र बैंकले छ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको,

प्रधानमन्त्री प्रचण्ड वीरगन्जमा

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीरगन्ज आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वीरगन्ज आइपुगेका हुन् । प्रधानमन्त्रीलाई सिमरा विमानस्थलमा बारा र पर्साका सुरक्षा निकाय, माओवादी केन्द्रका नेताहरू, प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष र

स्मृतिसभा आयोजना गरी काठमाडौं महानगरले गर्‍यो सालिकमा माल्यार्पण र स्मरण

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ । सप्ताह अन्तर्गत काठमाडौं महानगरले सोमबार सहिदद्वय गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड (मृत्युदण्ड) दिइएको स्थानमै स्मृतिसभा आयोजना गरी सालिकमा माल्यार्पण र स्मरण गरेको छ । सो अवसरमा महानगर उपप्रमुख सुनिता डंगोलले सहिदहरुले गरेको योगदानको स्मरण गर्दै सहिद, राष्ट्र र इतिहासको कुरा नयाँ

धनुषामा सात लाख ५७ हजार बराबरको भन्सार छलीका सामान बरामद

गोदार,धनुषा। भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । उक्त सामान ओसारपसारमा प्रयोग गरिएका

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

काठमाडौं। विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन !’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । ‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए, तर फिनालेमा एक-एक प्रतियोगी शोबाट बाहिरिएपछि

सम्वन्धित समाचारहरु