Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति


ढोरपाटन। १५ वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ ।

गलकोट नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । त्यस्तै, मध्य पहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला- ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो ।

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताएका छन् । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उनको भनाइ रहेको छ ।

हालसम्म प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा रु ३० लाखमात्रै खर्च भएको नगरप्रमुख गैरेले बताए । त्यस्तै, गतवर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उनको भनाइ रहेको छ ।

सो सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताए । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ । उक्त नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताए । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मङ्सिरमा जिम्मा लिएको उनको भनाइ रहेको छ ।

असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरेको इन्जिनियर दाहाल बताउछन् भने निर्माण कम्पनीले ४६ लाखमा सडक स्तारोन्नतिको जिम्मा लिएको उनले बताए ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?