Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

समाचार


प्रिगोजिन विमान दुर्घटनासँग युक्रेनको कुनै सरोकार छैन : जेलेन्स्की

८ भदाै, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमान दुर्घटनामा वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युसँग आफ्नो देशको कुनै सम्लग्नता र सरोकार नरहेको बताएका छन् । “यो अवस्थासँग हाम्रो कुनै सरोकार छैन, यो निश्चित छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिनलाई यात्रुको रूपमा दर्ता गरिएको एक निजी जेट दुर्घटना भएको

जुवा खेल्दै गर्दा वडाध्यक्ष पक्राउ

८ भदाै, पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७

देशैभर मनसुनी वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

८ भदाै, काठमाडाैँ । हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी,

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

८ ,भाद्र ,गण्डकी । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी

भुसुनेको जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

८ ,भाद्र ,काठमाडौँ । ओखलढुङ्गाको भुसुने जङ्गलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अबिरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जङ्गलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी

चितवनको केरामा ‘ओइलाउने’ रोग

८ ,भाद्र ,चितवन । चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका अनुसार कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको हो । कार्यालयका सूचना

‘आइफोन’ उपहारको आश गर्दा…

८ ,भाद्र ,काठमाडौँ । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम

पहिरोले कान्तिलोक पथ अवरुद्ध

८ ,भाद्र ,मकवानपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध

८ ,भाद्र ,सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि

सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

८ ,भाद्र ,रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद

सम्वन्धित समाचारहरु