Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

समाचार


प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले राजीनामा दिएका छन् । बैंकिङ कसुर मुद्दामा निलम्बनमा परेका शेरचन हाजिर जमानीमा रिहा भई निलम्बन फुकुवा भएपछि पदबाट अलग भएका हुन् । उनको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले अर्का २५ वर्षभन्दा बढी बैंकिङ अनुभव भएका सुमन शर्मालाई चार वर्षका लागि

डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल

काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु भएको सेवाबाट पाँच महिनामा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्लाका सबै १३५ वडाबाट एकसाथ सुरु गरिएको यो सेवाअन्तर्गत वडाले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान

भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुरको राधापुर नहरमा गएराति भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ। भरतपुर महानगरपालिका–१४ क्षेत्रमा मोटरसाइकल नहरमा खस्दा भरतपुर–१६ निवासी ४० वर्षीय विनोद सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक रवीन्द्र

प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ। आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको

लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा

काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो। एसएसपी रमेश थापाका अनुसार पक्राउका

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन

ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना

जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो । नेपाली राजदुतावास जर्मनीका कार्यवहाक  राजदुत सागर फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए जर्मनीको ४ साउन

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका-१३ राजपुर मा डेरा गरी बस्ने ३० वर्षीया श्रीमती हिरा दाहालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त

कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् । अभियानको सुरुआत गर्दै  उनले यो यात्रा

सम्वन्धित समाचारहरु