११ जेठ, कास्की । वनपाखा चहारेर ऐँसेलु टिप्छन्। मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन्। त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन्। ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन्। यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन्। कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी
११ जेठ, एजेन्सी । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
११ जेठ, काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा
११ जेठ, रूकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । घटनास्थलबाट सानीभेरी गाउँपालिका -३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै
११ जेठ, एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल
११ जेठ, काठमाडाैँ आज नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजारले घटेर छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएका छापावाला
११ जेठ, रूकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा
११ जेठ, भोजपुर । कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको रु २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो
११ जेठ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो । कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी
११ जेठ, कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गरेका छन्