Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

प्रधानमन्त्री सचिवालयको दरबन्दी कटौती गर्न एमाले सचेतक गिरीको माग


८ असार, काठमाडाैँ । नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै  उनले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकिएको बताए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको बताए । सांसद गिरीले विना तयारी विमानस्थलको सङ्ख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी ब्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?