Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन : सांसद अमरेशकुमार सिंह


८ असार, काठमाडाैँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै सांसद सिंहले हाल निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नै पूर्ण सञ्चालनमा नआएको अवस्थामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आधार नदेखिएको बताए ।

उनले योजना आयोग कर्मकाण्डी आयोग साबित भएको टिप्पणी गर्दै अल्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना हुनुपर्नेमा जोड दिँदै योजना बैंक निर्माण गर्न आग्रह गरे ।

सांसद हरिप्रसाद उप्रेतीले नेपाली सेनाजस्तो दुस्त र तन्दुरुस्त सङ्गठनलाई उचित साधन स्रोत साधन उपलब्ध गराएर मात्रै मुलुक समृद्ध हुन सक्ने बताए ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?