२१ जेष्ठ ,सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगरप्रमुख दिनेश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी
२१ जेष्ठ ,वीरगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको निरीक्षण गरेका छन् । रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिए । उनले राससमा कार्यरत समाचारदाताको थप दक्षता अभिवृद्धिका लागि निकट भविष्यमै तालिमको
२१ जेष्ठ ,जानकी । बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन् । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको
२१ जेष्ठ ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन गर्न आउनेको चहलपहल बढेको हो । म्याग्दीका साथै पोखरा, बागलुङ, पर्वत, काठमाडौँलगायत देशका
२१ जेष्ठ ,काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गर्यो । ‘बालमैत्री नगर घोषणा’को तयारीमा जुटेको नगरले बालबालिकाकै अर्थपूर्ण सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिकालाई भेला गरेको थियो । कार्यक्रममा ११ माध्यमिक विद्यालय र चार आधारभूत विद्यालयका बाल क्लवका पदाधिकारी र प्रतिनिधिको
२१ जेष्ठ ,दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो
२० जेष्ठ ,गोदावरी (ललितपुर) । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् । नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने
२० जेष्ठ ,मनहरी । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित
२० जेष्ठ ,जुम्ला । जुम्लामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । यहाँ ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने अरु कैयौँ बिरामी छन् । जिल्लाको विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सुमाइले सो स्थानका
२० जेष्ठ ,काठमाडौँ । गर्मी छल्न अहिले जनकपुरधामका युवा नजिकैको गङ्गासागरमा नुहाउन जान्छन् । यसै क्रममा आज नुहाउन गएका तीन युवा पौडी खेल्न नजानेर पानीमा डुब्छन् । यो खबर पाएलगत्तै जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्र धनुषाले खटाएका तीनवटै सुरक्षा निकायका तालिम प्राप्त उद्धारकर्मीले सुरक्षित रुपमा उद्धार गर्छन् । सोही गङ्गासागरमा