Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’


१८ असार, चितवन । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो ।

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उनले भने, ‘कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ ।’ नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उहाँको भनाई छ । कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उनले बताए ।

कम लागतमा धेरै उत्पादन गर्न सकियोस् भन्नका लागि नगरपालिकाले विज्ञहरुसँग परामर्श गरेर कार्यक्रम अघि बढाएको उनको भनाई छ । उनले भने, ‘कृषकले अब आफ्नो परिश्रमको लागत पाउने गरी काम गर्ने वातावरण हामी बनाउँछौँ ।’ नगरपालिकाले दूध उत्पादक र सहकारी संस्थाले किसानसँग खरिद गर्ने दूध र बिक्री गर्ने मूल्यमा एकरुपता कायम गर्ने उनले बताए । पशुपालनलाई प्रभावकारी बनाउन सन्तुलिन पशु आहारका लागि दाना उद्योग सञ्चालन, हरियो घाँस, साइलेज प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको योजना छ ।

व्यावसायिक किसान र न्यून आय भएका किसानको पहिचान गरी मापदण्डबमोजिमका अनुदान कार्यक्रममा सहभागिताको लागि व्यावसायिक किसानलाई ४० प्रतिशत र गरिब न्यून आय भएका किसानलाई ६० प्रतिशत सहभागिता गराईने प्रमुख सापकोटाले बताए । यसबाट साना किसानलाई संरक्षण गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्य नगरपालिकाले राखेको छ ।

नगरभित्र उत्पादित कृषि तथा पशुजन्य सामग्रीको कोशेली घर मार्फत बिक्री वितरणको व्यवस्था गरिने भएको छ । नगरपालिकाले नश्ल सुधार कार्यक्रमलाई नगरभित्र अभियानका रुपमा अघि बढाउने भएको छ । नगरपालिकाले अनुदान कार्यक्रमलाई व्यवस्थित गर्दै बीउ पुँजीको रुपमा सञ्चालन गर्ने जनाएको छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?