२२ जेठ, काठमाडाैँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया
२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईलै मृत्यु भइसकेको विधेयक ब्यूँताउन नसकिने र ब्यूँताउन सकिने भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिसलाई ब्यूँताउन चुनौती दिए । “नागरिकताको
२२ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको टिपर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले
२२ जेठ, काठमाडाैँ । नेपाल प्रहरीका ४६ जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस भएका इन्सपेक्टरहरूको नाम समेत सार्वजनिक भएको छ । रञ्जन अवा सिफारिसको पहिलो नम्बरमा परेका छन् । यी हुन् डिएसपीमा बढुवा
२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त
२२ जेठ, काठमाडाैँ । गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन् । कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगर्दा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ ।
२२ जेठ, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुनको
२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय सभाको ९५औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने
२२ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।
२२ जेठ, काठमाडाैँ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनि निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो । “चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने