Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै


१९ असार, पाकिस्तान । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।

कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका कासिफको एउटा खुट्टा काट्नुपरेको थियो ।

काशिफकी आमा जरिनाका अनुसार जे नहुनु पर्ने थियो त्यही भयो अर्थात् प्रहरीको नक्कली मुठभेडको शिकार बनेको आफ्नो छोराले खुट्टा गुमायो । प्रहरीले अनाहकमा काशिफलाई प्रहरी चौकीभित्रै खुट्टामा दुई पटक गोली हानेको थियो ।

समाचारपत्र डनले आज सार्वजनिक गरेको समाचारअनुसार प्रहरी चौकीमा काशिफको जस्तै नियति अन्य छ जनाले भोग्नुपरेको थियो । उनीहरूको अहिले लियाकत विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ । जाली मुठभेडमा ‘हाफ फ्राई र फुल फ्राई’ को क्रूर शासन चलेको छ । उच्च अधिकारीले हाफ फ्राईको आदेश दिए ‘खुट्टा भाँच्ने’ र फुल फ्राइ गर्न निर्देशन दिए ज्यान नै लिने गरिन्छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?