३२ जेठ, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे । प्रधानमन्त्रीको
३२ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको
३२ जेठ, काठमाडाैँ । यूनाइटेड अजोड इन्स्योरेन्सका सल्लाहकार रविन्द्र राज पन्तको निधन भएको छ । बिहीबार अर्थात् आज उनको निधन भएको हो । उनी साविक यूनाइटेड इन्स्योरेन्सका संचालक थिए । यूनाइटेड र अजोड इन्स्योरेन्स गाभिएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्स बनेपछि उनले सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका थिए ।
३२ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ । आजको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । मन्त्रालयगत छलफल प्रारम्भ
३२ जेठ, काठमाडाैँ । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए । यही जुन १७ र १८ तारिखमा
३२ जेठ, काठमाडौँ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्रे सकिएको हो । सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकमा
३२ जेठ, पाल्पा । जिल्लाको रामपुरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक जना बालिका बेपत्ता भएकी छन् । रामपुर –८, को भुजातस्थित कालीगण्डकी नदीमा बिहीबार बिहान ११ बजेतिर नुहाउनेक्रममा १४ वर्षकी पार्वती रामजाली बेपत्ता भएकी हुन् । बेपत्ता किशोरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी
३२ जेठ, तनहुँ । बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउन ३० बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो। ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउन यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार
३२ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्धमा प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनीमा मानवअधिकारवादी
३२ जेठ, काभ्रे र श्रीमानको कुटपिटबाट दलित वडा सदस्यको मृत्यु भएको छ । श्रीमानले कुटपिट गर्दा घाइते भएकी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो । गत जेठ २९ गते उनका श्रीमान शम्भु विकले मादक पदार्थ सेवन गरी उनीमाथि कुटपिट गरेका थिए ।