१७ श्रावण, काठमाडाैँ । सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शाखा प्रमुख डा.मदन उपाध्यायले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई पत्राचार गर्दै निःशुल्क सेवा लिएकाको विवरण विद्युतीय बोर्डमार्फत सार्वजनिक गर्न
१७ श्रावण, काठमाडाैँ । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा भएको छ । तामाङ समूदायले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै प्रहरी परिसरमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा उनीहरूले प्रहरी कार्यालयको गेटमाथि ढुंगामुढा गरेको प्रहरीले जानकारी दिएको छ । तामाङ समुदायको बारेमा विवादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिइसकेको
१७ श्रावण, चितवन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम
१७ श्रावण, मनाङ । हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले
१७ श्रावण, काठमाडाैँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार
१७ श्रावण, एजेन्सी । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको
१७ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकको प्रारम्भमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए ।
१७ श्रावण, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । “मलाई थाहा छ
१७ श्रावण, काठमाडाैँ । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९÷८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् ।
१७ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ । समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली