Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

घरमै कसरी छुटकारा पाउने खोकी र कफबाट ?


१२ भदाै, एजेन्सी । लगातार खोकीको सामना गर्नु कष्टप्रद र असहज दुबै हुन सक्छ । त्यस्तै, कफले मानिसको दिनचर्यामा समेत प्रभाव पारिरहेको हुन्छ ।

खोकी र कफ सामान्यता चिसो, एलर्जी वा अन्य कारणहरूले पनि निरन्तर भइरहन सक्छ । यसबाट छुटकारा पाउने धेरै व्यावहारिक र प्राकृतिक उपचारहरू छन् जुन तपाईंले आफ्नै घरमा सजिलै अपनाउन सक्नुहुन्छ ।

के छन् त खोकी र कफबाट छुटकारा पाउने उपायहरू ?

१. महको प्रयोग

दैनिक एक चम्चा महको सेवन गर्नाले खोकी र कफको समस्याबाट छुटकारा पाउन सकिन्छ । महले घाँटीमा संक्रमण गर्ने किँटाणु मार्ने भएका कारण खोकी र कफको उपचारका लागि मह प्रभावकारी मानिन्छन् । तर, १ वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि भने मह फाइदाजनक मानिँदैन।

२. तातो पदार्थ सेवन

तातो पेय पदार्थहरू स्वास्थका लागि हर हिसाबले फाइदा जनक मानिन्छन् । अझ खोकी र घाँटीको समस्याका लागि तातो पेय पदार्थहरू अझै फाइदाजनक पुष्टि भइसकेका छन् । दैनिक तातो पानी वा चियाको सेवन खोकी र कफबाट छुटकारा पाउने अर्को प्रभावकारी घरेलु उपचार मानिन्छ ।

३. अदुवा सेवन

विभिन्न अध्ययनहरूले अदुवामा केही शुद्ध यौगिकहरूले मानिसको घाँटी तथा वायुमार्गहरूका मांसपेशीमा आराम पैदा गर्ने तत्व हुने देखाएका छन् । काँचो अदुवा वा अदुवालाई महमा मिसाएर तातो चियामा अदुवा राखेर खाँदा खोकी र कफबाट छुटकारा पाउन सकिन्छ ।

४. पर्याप्त पानी

पर्याप्त मात्रामा पानी नपिउने हो भने विभिन्न खालका स्वास्थ्य समस्याहरू निम्तिन्छन् । पर्याप्त पानी सेवन नगर्दा कफको समस्या उत्पन्न हुने पनि बताइन्छ । त्यसकारण पर्याप्त मात्रामा पानी पिउनाले धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाइन्छन् । त्यसमा पनि मनतातो पानी भने कफ तथा खोकीको समस्याबाट छुटकारा पाउन अत्यन्तै फाइदाजनक छ ।

५. नूनपानीले कुल्ला गर्ने

नुन पानीको कुल्ला सामान्यतया घाँटी दुख्ने समस्याबाट छुटकारा पाउने उपाय हो। यसका साथै कफ र खोकीको लागि पनि यो प्रभावकारी छ । सुत्नुभन्दा अघि मनतातो पानीमा नुन हालेर कुल्ला गर्दा खोकी, घाँटी दुख्ने समस्या र कफबाट छुटकारा पाउन सकिन्छ ।

 


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?