आज मिति २०८२ साल जेठ २७ गते मंगलबार(June 10 2025) ज्येष्ठ शुक्लपक्ष,चतुर्दशी, ११:१३ बजेपछि पूर्णिमा अब हेर्नुहोस आजको राशिफल :- मेष – अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन
काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताए ।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले विकसित मुलुकहरुको आणविक गतिविधिका कारण गरिब तथा विकासशील मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर भोग्नुपरिरहेको बताएकी छीन । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद अर्यालले नेपालले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, कृषि उत्पादनमा प्रतिकुलतालगायतका समस्या भोग्नुपरिरहेको बताएकी हुन् । उनले वातावरणसँगै
काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मुलुक आर्थिक संकुचनमा रहेकै बेला नयाँ बजेट ल्याएपनि तल्लो तहमा जाने अनुदानलाई बढाइएको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौंमा भएको कार्यक्रममा तल्लो तहका सरकार बलियो नभएसम्म संघीयता प्रभावकारी नहुने भन्दै त्यहाँ जाने अनुदान बढाइएको
काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बठ्याँई गरेर सरकारले बजेट ल्याएको आरोप लगाएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२÷८३ को सन्दर्भमा सोमवार काठमाडौंमा भएको कार्यक्रममा उनले तीन करोड तलका आयोजनामा बजेट नराखिएको दाबी सरकारले गरेपनि त्यसमा बठ्याँई गरिएको बताएका हुन् । उपम्हासचिव पुनले संघीयतासम्बन्धी
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२÷८३ को सन्दर्भमा सोमवार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरुको मानशिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताएका हुन् । उनका अनुसार आगामी
काठमाडौँ। पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्
काठमाडौँ। राष्ट्रिय सूचना आयोगमा दुई महिनामा ६८ वटा मुद्दा दर्ता भएका छन् । आयोगले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा १० (२) बमोजिम जवाफ दिन नपर्नुको कारण भए जवाफ पेश गर्न ९४ वटा आदेश जारी गरेको आयोगका प्रवक्ता एवं सूचना
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध कायम राखेका छन् । सोमवार २ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक साढे ३ बजे बसेपनि बैठकको कारबाही अघि बढ्न सकेन । बैठकको कारबाही शुरु हुने बित्तिकै विपक्षी राजनीतिक दलहरुले संसदमा उठेर विरोध जनाएसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरे
काठमाडौँ। पाशुपत विश्वकोषको विमोचन गरिएको छ । सोमवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो । प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा. प्रदीप ढकालले लेखेका हुन् । पुस्तकमा पाशुपत क्षेत्रको महत्व बुझ्न सहज होस् भनेर विश्वकोष लेखिएको लेखकहरुको भनाइ छ । कार्यक्रममा बोल्दै लेखक प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले