Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

उद्योगीहरुको विद्युत नकाटी वक्यौताहरु असुल्नुपर्छः मन्त्री खड्का


काठमाडौँ। उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता उठाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

आईतवार नेपाल विद्युत प्राधिकरणको ४० औं वाषिकउत्सव समारोहलाई सम्बोधन गर्दै टिओडी मिटरमा उठेको रकम उद्योगीहरुको लाइन नकाटी उठाउनुपर्ने बताएका छन् । अर्थ मन्त्रालय अन्तर्गतका वक्यौताहरु भने मिनाहादेखि घटाउन सकिने उनको भनाई छ । उर्जामन्त्री खड्काले आगामी दिनमा पनि उद्योग धन्दाहरुलाई नेपालमा उत्पादित बिजुली बेच्नपर्ने भएकाले घाँटी काटेर वक्यौता उठाउने कुरा आफूलाई मान्य नहुने बताएका छन् ।

मन्त्री खड्काले भने,’भोलि पनि उद्योग धन्दाहरुलाई हामीले गरेको बिजुली बेच्न होला नि । यसअर्थमा भनेको हो घाँटी काट्नु हुन्न भनेर । विद्युत् वक्यौता लिनुहुँदैन भन्या छैन । उहाँहरुले उपयोग गरेजति लिनुपर्छ । यसको दर रेट छ, टिओडी मिटर छ, आधारहरु छन् नि । हरेक घरको नागरिकले विद्युतको पैसा तिरेको छ । के आधारमा तिरेको छ ? तपाई (विद्युत प्राधिकरण) ले चिठि पठाएको भरमा तिरेको हो की बिल दिनुहुन्छ ? तपाईहरुलाई यत्रो वर्ष बिल किन नदिएको होला भनेर लागेको छैन् ? बिल नदिएका कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने लागेन ? अधिकारका कुरा गर्दा कतव्र्यका कुरा सँगसँगै हुँदैन र भन्या ? हुनुपर्छ नि साथीहरु । यसबाट विमुख हुन पाइँदैन ।’

उर्जामन्त्री खड्काले आफू आएदेखि बक्यौत उठाउन प्रयत्न गरेको बताएका छन् । विद्युत वक्यौताका विषयमा थ्रुपै पटक समितिहरु बनेको बताउँदै उनले लाल आयोगको दराज भित्र थन्काइएको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताए । खड्काले कुनै निकायको कुरा गरेर आफू नतर्सिने समेत जिकिर गरे । कानून भित्र बसेर अनुशासित ढंगले काम गर्न समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उहाँले निर्देशन दिएका छन् ।

खड्काले विद्युत वक्यौता असुली गर्न सघाउ पुगोस् भनेर मन्त्रालयले समिति बनाइदिएको बताउदै समिति गठन गर्दा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाएका छन् । उनले प्राधिकरणका कर्मचारीलाई तलब खाँदा पाप नलाग्ने, बिल ठिक छ की छैन् भनेर चेक गर्दा पाप लाग्ने ? भन्दै आक्रोस पूखेका छन् ।

उनले अख्तियारलाई चिठि पठाएको भरमा आफू चुप नलाग्ने समेत चेतावनी दिएका छन् । अख्तियारलाई आफूले राम्रोसँग चिनेको बताउँदै खड्काले सरकार विद्युत वक्यौताको पैसा उठाउन आफूहरुले खोज्दा अवरोध गर्न खोजिएको बताए ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?