३० श्रावण, धादिङ । त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् । किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् । गण्डकी गाउँपालिकाको
३० श्रावण, पोखरा । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो । आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार
३० श्रावण, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना,
३० श्रावण, काठमाडाैँ । नेकपा एमालेका नेता केशव स्थापितले पार्टीबाट बिदा लिएका छन् । उनले एमालेका फर्किएको करीब ८ वर्षपछि विश्राम लिएका हुन् । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट उनि बाहिरिएका हुन् । उनीसँगै सिरहाका प्रदोदनारायण यादव पनि पार्टीबाट बाहिरिएको बताएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडाैँको मेयरका
३० ,श्रावण ,कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् ।
३० ,श्रावण ,बैतडी । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगङ्गाको बाँधका ढोकाहरु खोलिने भएका हुन् । भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने
३० ,श्रावण ,काठमाडौँ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गरे । उद्घाटन समारोहमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान
३० ,श्रावण ,खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता
३० ,श्रावण ,ढोरपाटन । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो,
३० ,श्रावण ,भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो । यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । सुन्दर स्थलमा रहेको